काठमाडौं । नेपाली क्रिकेट टोलीले खेल्न लागेको अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा सहभागी हुने ४ वटै राष्ट्रका ११ टोलीको टुंगो लागेको छ ।
आयोजक उत्तरी क्षेत्र क्रिकेट संघ (एनटी क्रिकेट) ले हालै सार्वजनिक गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो । यो सिरिज नेपालको लागि मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटको क्यालेन्डरमा समेत महत्वपूर्ण छ, किनकि यस सिरिजले आगामी आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
गत वर्ष ५ टोलीले मात्र खेलेको यो प्रतियोगिता यो वर्ष भने नेपालसहित ३ अन्तर्राष्ट्रिय टोली र सात अस्ट्रेलियन टोलीले सहभागिता जनाउँदै छन् ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेललगायत जस्ता स्टार खेलाडीहरू समावेस छन् । यसैगरी पाकिस्तान शाहीन्स अर्थात पाकिस्तानको दोस्रो स्तरको टोलीमा हेदर अली, शाहनवाज दाहानी, अब्दुल समाद जस्ता खेलाडीहरू समेतिएका छन् ।
यस्तै, गत संस्करणको उपविजेता बंगलादेशको ‘ए’ टोलीमा मोहम्मद नइम, तोहिद रिदोय जस्ता खेलाडीहरू समावेश छन् । यसैगरी नेपाल जस्तै शिकागो किङ्समेनले पनि पहिलो पटक यो सिरिजमा सहभागिता जनाउँदै छ । यसैगरी अस्ट्रेलियन टोलीहरूमा होबार्ट हुरिकेन्स एकेडेमी, पर्थ स्कोर्चर्स एकेडेमी, एडिलेड स्ट्राइकर्स एकेडेमी, मेलबर्न स्टार्स एकेडेमी, मेलबर्न रेनेगेड्स एकेडेमी, एसीटी कोमेट्स र एनटी स्ट्राइकले सहभागिता जनाएका छन् ।
यो सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म अर्थात साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुनेछ । प्रतियोगिताका सबै खेल डिएक्ससी एरेना, टीआईओ स्टेडियम र काजाली एरेनामा खेलाइने छ । नेपालले यो सिरिजमा कम्तीमा ६ खेल खेल्ने अपेक्षा गरिएको छ । यो सिरिज नेपालको लागि विशेष महत्वको छ, किनकि यो आईसीसी टी–२० विश्वकप २०२६ को एसिया छनोटको तयारीको हिस्सा पनि हो । नेपालले त्यसपछि सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२०आई सिरिज खेल्ने घोषणा पनि गरेको छ ।
टप एन्ड टी–२० सिरिज अस्ट्रेलियाको उत्तरी क्षेत्रमा आयोजना हुने एक प्रमुख क्रिकेट प्रतियोगिता हो ।





























प्रतिक्रिया