काठमाडौं । गएरातिकाे भारी वर्षाका कारण आएको बाढी पहिराेले देशका विभिन्न राष्ट्रिय राजमार्गहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध हुँदा यात्रुहरूले ठूलो असहजता भोगिरहेका छन्।
नेपाल प्रहरीले जारी गरेकाे सूचनाअनुसार-
संखुवासभा: भोटखोला गाउँपालिका वडा नं. ४, बरुण क्षेत्रमा कोशी राजमार्ग निरन्तर खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। यो अवरोध अनिश्चितकालका लागि हो।
पाँचथर: फिदिम नगरपालिका वडा नं. ८, हिलिहाङ वडा नं. १ र सडकको निर्माणस्थलमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
काभ्रे: बनेपा नगरपालिका वडा नं. ८, भदगाउँ र प्राप्ती क्षेत्रमा बीपी कोइराला राजमार्ग अन्तर्गतको बनेपा नाला सडक खण्डमा स्तरोन्नति कार्य भइरहेकोले आवधिक रूपमा एकतर्फी यातायात सञ्चालनमा छ।
रसुवा: गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ मा नेपाल-चीन सीमा जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध छ।
मकवानपुर: पहिराेकाे कारण भीमफेदी गाउँपालिका वडा नं. ४, घाटमा कान्तिलोक पथ पूर्ण रूपमा अवरुद्ध छ।
बागलुङ: बागलुङ नगरपालिका वडा नं. १०, दब्याङमा कालीगण्डकी करिडोरमा पहिराेकाे कारण एकतर्फी यातायात सञ्चालनमा छ।
म्याग्दी: पहिराेकाे कारण मालिका गाउँपालिका वडा नं. ६, फार्सेखर्कमा दरबाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ।
गुल्मी: कालीगण्डकी गाउँपालिका वडा नं. ७, गर्सरेमा कालीगण्डकी करिडोरमा पहिराेकाे कारण एकतर्फी यातायात सञ्चालनमा छ।
रोल्पा: परिवर्तन गाउँपालिका वडा नं. १, ग्राम्सिममा सहिद राजा मार्गमा पहिराेकाे कारण एकतर्फी यातायात सञ्चालनमा छ।
नवलपरासी: बर्दघाट नगरपालिका वडा नं. ८, दाउन्नेमा पूर्व-पश्चिम राजमार्ग पहिराेकाे कारण पूर्ण रूपमा अवरुद्ध छ।
डोल्पा: त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १, छत्रमा भेरी करिडोर बाढीकाे कारण पूर्ण रूपमा अवरुद्ध छ।
पश्चिम रुकुम: आठबिसकोट नगरपालिका वडा नं. ६, रिजिंगारमा तका सडक-डोल्पा (जाजरकोट-डोल्पा-कालिकोट सडक खण्ड) बाढीकाे कारण पूर्ण रूपमा अवरुद्ध छ।
डोल्पा: भेरी नगरपालिका वडा नं. ८, मुलापानीमा भेरी करिडोर (जाजरकोट-डोल्पा-कालिकोट सडक खण्ड) बाढीकाे कारण पूर्ण रूपमा अवरुद्ध छ।
बझाङ: छविसपाथिभेरा गाउँपालिका वडा नं. १, बालुवाटरमा जयपृथ्वी राजमार्ग बाढीकाे कारण पूर्णरूपमा अवरुद्ध छ।





























प्रतिक्रिया