राई इज किङ दुबईको सफल कन्सर्टपछि फर्किए स्वदेश

राई इज किङ दुबईको सफल कन्सर्टपछि फर्किए स्वदेश

केन्द्रबिन्दु
2.78k
Shares

काठमाडौं । राई इज किङ अर्थात् नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय र व्यस्त गायक राजेशपायल राई जहाँ जान्छन् तहल्का नै पिट्छन्, यो पटक पनि दुबईमा उही लय कायम रह्यो ।

बरदुबईस्थित क्लब याकल्टेनीमा भएको कन्सर्टमा धमाका मच्चाउँदै उनी स्वदेश फर्किएका हुन् । उक्त कन्सर्टमा उनले ३०३५ वटा गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिँदै छमछमी नचाएका थिए । उनले आफ्ना दर्जनौं हिट गीतहरू प्रस्तुत गर्दा दर्शकहरूले ताली र हुटिङले हल गुन्जाएका थिए।

गायक राईले ‘दर्शन नमस्ते, यानी माया, दिक्तेल बजार, मलाई पनि अंग्रेजीमा बोल्न सिकाइ देऊ न, नाइ नभन्नु ल, म त मर्छु कि क्या हो ठूली’लगायतका गीत गाउँदा हलमा उपस्थित नेपाली समुदायका साथै अन्य देशका संगीतप्रेमीहरू पनि झुमेका थिए । उनको ऊर्जावान् प्रस्तुति र सुमधुर आवाजले सबैलाई मोहित पारेको थियो।

कन्सर्टमा राजेशपायल राईको प्रस्तुति हेर्न दुबई र आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शकहरू उपस्थित थिए। यो सफल सांगीतिक यात्रा पछि उनी हिजो मात्रै स्वदेश फर्किएका हुन् ।

Logo