कृष्णसिंह धामी/काठमाडौं । गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गएकी छोरी राति अबेर हुँदा पनि घर फर्किइनन् । उल्टाखामबाट अर्को गाउँ निम्बुखेडा साथीको घरमा गएकी छोरी निर्मला पन्त अबेर राती पनि घर नफर्किएपछि आमा दुर्गा पन्त लगायत प्रहरी कार्यालयमा गए । "/>

निर्मला काण्डमा अर्को रहस्यः मध्यरातमा खोज्न तयार भएको प्रहरी एकाएक किन रोकियो ?

निर्मला काण्डमा अर्को रहस्यः मध्यरातमा खोज्न तयार भएको प्रहरी एकाएक किन रोकियो ?

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गएकी छोरी राति अबेर हुँदा पनि घर फर्किइनन् । उल्टाखामबाट अर्को गाउँ निम्बुखेडा साथीको घरमा गएकी छोरी निर्मला पन्त अबेर राती पनि घर नफर्किएपछि आमा दुर्गा पन्त लगायत प्रहरी कार्यालयमा गए ।

अहिलेसम्म पनि छोरी घर आएकी छैनन् । खोजिदिनुपर्‍यो भन्दै निर्मलाका परिवारले सालघारी प्रहरी चौकीमा उजुरी दिए । मान्छे हराएको जस्तो विषयमा प्रहरीले सुरुमा धेरै आनाकानी गर्‍यो । पछि घर परिवार र आफन्तको गुनासोपछि प्रहरी मध्यरातमा निर्मलाको खोजी गर्न तयार भयो ।

सालघारी प्रहरी चौकी प्रमुख सई रामसिंह धामी लगायत प्रहरी ड्रेस लगाएर खोज्न तयार भए । खोज्ने जाने क्रममा सई रामसिंहले ‘एकछिन जिल्लामा सम्पर्क गरौं न’ भन्दै जिल्ला प्रहरी कार्यालयमा ओकेटोकेबाट सम्पर्क गरे । उताबाट ‘अहिले नजान’ निर्देशन आयो ।

त्यो निर्देशन दिने अरु कोही नभई तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख (जो अहिले निलम्बनमा छन्) डिल्लीराज विष्ट थिए । उनले अहिले सुत्न र भोली बिहान गएर खोज्न प्रहरीलाई निर्देशन दिए । त्यसपछि सई रामसिंह धामी लगायतको प्रहरी टोली निर्मलाको खोजी गर्न जानबाट पछि हट्यो ।

ड्रेस लगाएर मध्यरातमा पनि खोजीको लागि तयार भएको प्रहरी टोली एकाएक नजाने बताएपछि घर परिवार आक्रोशित भए । उनीहरु मध्यरातमा प्रहरीको सहयोग विना आफैं खोज्न थाले ।

प्रहरी टोलीले सहयोग नगरेपछि आफुहरुले नै नजिकको क्षेत्रमा खोजी गर्न निस्किएको निर्मलाका बाबु यज्ञराज पन्तले बताए । तर उनीहरु आफ्नो छोरी होमवर्क गर्न गएको रोशनीको घरमा नगई अन्य क्षेत्रमा खोज्न थाले ।

त्यसको कारण थियो । ‘बेलुका जाँदा उनीहरुले आफ्नो घरबाट अघि नै गईसकेको र बाँकी आफुहरुलाई थाहा नभएको’ भनेपछि उनीहरु अन्यत्र क्षेत्रमा खोज्न थालेको बाबु यज्ञराजको भनाई छ ।

यसविषयमा प्रहरी अधिकारीको धारणा बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । माथि उल्लेखित प्रहरी अधिकारीहरु निलम्बनमा परेर प्रहरी हेडक्वाटरमा अनुसन्धानको क्रममा रहेकाले उनीहरुसँग सम्पर्क हुन नसकेको हो ।

Logo