काठमाडौं । तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासले अन्ततः प्राण त्याग गरेकी छन् । आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाले कीर्तिपुर अस्पतालमा अन्तिम श्वास फेरिकी हुन् । "/>

१२ दिनको संघर्षपूर्ण उपचारपछि सम्झनाले संसार छोडिन (हृदयविदारक भिडियो)

१२ दिनको संघर्षपूर्ण उपचारपछि सम्झनाले संसार छोडिन (हृदयविदारक भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासले अन्ततः प्राण त्याग गरेकी छन् । आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाले कीर्तिपुर अस्पतालमा अन्तिम श्वास फेरिकी हुन् ।

उनको आइसीयूमा उपचार भइरहेको थियो। सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो।

संक्रमण अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे छिमेकी रामबाबु पासवानले तेजाब आक्रमण गरेका थिए ।

Logo