बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, एक जनाको उद्धार

बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, एक जनाको उद्धार

केन्द्रबिन्दु
21
Shares

रौतहट । रौतहटको माधवनारायण नगरपालिका-८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ ।

बिहीबार दिउँसो २ बजेतिर घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका छन् सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए ।

Logo