काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । भारतीय सहयोगमा बनिरहेको जनकपुर-जयनगर रेल्वे सेवाको उद्घाटन गर्न मोदी मंसिर दोस्रो साता पाँचौं पटक नेपाल आउन लागेका हुन् । "/>

रेल्वे सेवाको उद्घाटन गर्न मोदी मंसिरमा फेरि नेपाल आउँदै

रेल्वे सेवाको उद्घाटन गर्न मोदी मंसिरमा फेरि नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । भारतीय सहयोगमा बनिरहेको जनकपुर-जयनगर रेल्वे सेवाको उद्घाटन गर्न मोदी मंसिर दोस्रो साता पाँचौं पटक नेपाल आउन लागेका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदीको नेपाल भ्रमणका लागि काठमाडौंस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयले तयारी थालेको छ ।

गत भदौमा विम्स्केट सम्मेलनमा सहभागी हुन चौथो पटक मोदी नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई लुम्बिनी भ्रमणको निम्ता दिएका थिए । ओलीको निम्तालाई स्वीकार गर्दै उपयुक्त समयमा नेपाल आउने विश्वास दिलाएका थिए ।

भारतको एएनआई न्यूजले भारतीय दूतावास स्रोतलाई उदृत गर्दै मोदी नोभेम्वर २८ र २९ (मंसिर १३ र १४ गते) नेपाल भ्रमणमा आउने जनाएको छ । मोदीको नेपाल भ्रमणको तयारी र तालिकामा काम भइरहेको समेत समाचारमा उल्लेख गरिएको छ । तर परराष्ट्र मन्त्रालयले भने मोदीको भ्रमणको हुने भए पनि मिति र एजेण्डा भने टुंगो लागिनसकेको जनाएको छ ।

भ्रमणका क्रममा मोदीले लुम्विनीको भ्रमण गर्ने समेत समाचारमा उल्लेख छ । ‘भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भगवान गौतम बुद्धको जन्मभूमि लुम्विनीको समेत भ्रमण गर्नुहुनेछ,’ दूतावास स्रोतले सीएनआईसँग भनेको छ, ‘यसअघि हुँदै आएका उच्चस्तरीय वार्ता तथा छलफलहरुसमेत हुँने छन्।’

 

 

Skip This
Skip This
Logo