मोन्टी देसाई काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त

मोन्टी देसाई काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि काठमाडौंले मोन्टीलाई नियुक्त गरेको हो ।

मोन्टीले यसअघि नेपालमा दुई वर्ष बिताएका छन्। उनको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाएको थियो भने दोस्रो पटक टी(२० विश्वकप समेत खेलेको थियो।

उनले रणजी ट्रफीमा आन्द्र प्रदेश, अफगानिस्तान टिम, यूएई राष्ट्रिय टिम र क्यानडाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन्।

गोर्खाजले आगामी सिजनका लागि कप्तान करण केसीसहित भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ ।

Logo