मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गरिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मौद्रिक नीति आज अपरान्ह १२:२० बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिने भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो पहिलो र आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् । साथै, उक्त कार्यक्रम यस बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रसारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याउन लागेका हुन् । वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।

नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेल निकै उदार बन्ने सम्भावना देखिएको छ ।

Logo