पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारलाई प्रदेश सरकारले घेराबन्दी नगरेको बताएका छन् । "/>

जनचाहना पूरा गर्न फाँसीमा झुन्डिन पनि तयार छु : मुख्यमन्त्री गुरुङ

जनचाहना पूरा गर्न फाँसीमा झुन्डिन पनि तयार छु : मुख्यमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारलाई प्रदेश सरकारले घेराबन्दी नगरेको बताएका छन् । ‘संघले गर्नु पर्ने कुरा गर भनेको हो, कुनै घेराबन्दी गरेको होइन, कुनै विरोध गरेको पनि होइन’, उनले भने । मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम दिन आइतबार विशेष सम्बोधन गर्दै थिए ।

‘कसैले केही भन्छ भन्ने आधारका लागि होइन, प्रदेश सरकारको सफल कार्यान्वयनको लागि, प्रदेश सरकारको गौरव बढाउनको लागि, गण्डकी प्रदेशको जनताको विकासको चाहनालाई चाँडो भन्दा चाँडो पूरा गर्नको लागि फाँसीमा झुन्डिन पनि तयार छु’, उनले भने, ‘जनतालाई कसरी सुखसुविधा दिने , संविधानमा भएको व्यवस्थाप्रति उदासीनता नदेखाइयोस्, चाँडो भन्दा चाँडो जनताको काम गर्न पाउनुपर्छ भनेको हुँ ।’

संवैधानिक व्यवस्था बमोजिम नै मुख्यमन्त्रीको भेला डाकेर आफूले संघ सरकारलाई घच्घच्याएको प्रष्टोक्ति मुख्यमन्त्री गुरुङको छ । उनले भने, ‘अरुले नग¥या हुनाले बिरालोको घाँटीमा घन्टी झुन्ड्याउने काम मात्रै मैले ग¥या हो ।’

सोही प्रसंगमा उनले भेलामा प्रधानमन्त्रीलाई बोलाएको तर कार्यव्यस्तताले आउन नसकेको पनि जानकारी दिए । संविधान दिवसको दिन प्रधानमन्त्रीले संघीयता ठिक कि बेठिक भन्ने बहस अब सकिएको भनेर दिएको मन्तव्यप्रति मुख्यमन्त्री गुरुङले धन्यवाद ज्ञापन गरे । उनले भने, ‘हो प्रधानमन्त्रीले ठिक भन्नुभयो त्यो बहस अब सकियो, किनकि संघीयता हामीले कार्यान्वयन गरिसक्यौं ।’
अन्नपूर्णबाट

Logo