अहिले सबैको ध्यान मुकेश अम्बानीको एक्ली छोरीको इंगेजमेन्टले तानेको छ । भारतको धनाढ्य बिजनेस म्यान मुकेश अम्बानीको खानदानले जहिल्यै एकदम भव्यताको साथ कार्यक्रमहरु गर्ने गरेको छ । "/>

सम्पन्न भयो मुकेश अम्बानीको छोरी ईशाको इंगेजमेन्ट

सम्पन्न भयो मुकेश अम्बानीको छोरी ईशाको इंगेजमेन्ट

केन्द्रबिन्दु
0
Shares

अहिले सबैको ध्यान मुकेश अम्बानीको एक्ली छोरीको इंगेजमेन्टले तानेको छ । भारतको धनाढ्य बिजनेस म्यान मुकेश अम्बानीको खानदानले जहिल्यै एकदम भव्यताको साथ कार्यक्रमहरु गर्ने गरेको छ । उनको एक्ली छोरी ईशा अम्बानी र उद्यागेपति अजय पिरामलको छोरा आनन्द पिरामलको इंगेजमेन्ट इटालीको खुबसुरत शहर लेक कोमो मा शाही अन्दाजमा सम्पन्न भएको छ । इंगेजमेन्ट कार्यक्रम २१ सेप्टेम्बर देखी २३ सेप्टेम्बर सम्म भएको थियो ।

इंगेजमेन्ट पार्टीमा सहभागी हुन पुगेका बलिउड सेलीब्रेटीको पनि बाक्लै उपस्थिती थियो । मिस्टर पर्फेक्ट निस्ट अमिर खान पत्नी किरण रावसँग देखिएका थिए भने,स्टाइलिस लुक्समा करण जोहर र जूही चावला देखा परे । सोनम कपुर , अनिल कपुर, प्रिंयका र निक जोनस, फेसन डिजाइनर मनिष मल्होत्रा, जान्हवी कपुर, खुशी कपुर आदी थुप्रै बलिउड सेलेब्रेटी सहभागि ईशा अम्बानीको इंगेजमेन्टमा सहभागि भएका थिए ।

अनिल कपूर देखी शाहरुख खानसम्म, प्रिपंका चोपडा देखी जान्हवी कपूरसम्म इटालीको खुबसुरत लेक कोमा शहरको मजा उठाइरहेका थिए । सुरुवात इंगेजमेन्टमा सामिल भएका गेष्टहरुको स्वागतको लागि राखिएको शानदार लञ्चबाट भएको थियो । यसैबिच मुकेश अम्बानी आफ्नो छोरी ईशालाई लिएर गेष्टहरु बिच आएका थिए । त्यसपछि ईशा अम्बानीको हात उनको मंगेतर आनन्द पिरामिलको हातमा थमाइदिए । यी जोडी कोमो झिलको सामुन्ने गएर उभिएका थिए । त्यति नै बेला पछाडि बाट फूलको बर्सात भएको थियो ।

को हुन् आनन्द पिरामल ?
उनले युनिर्भसीटी अफ पेनसिल्वेनियाबाट इकोनोमिक्समा ग्य्राजुएट गरेका छन् । हार्वड बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्र्टस गरेका उनी पिरामल ग्रुपको एक्जीक्युटिव डाइरेक्टर हुन् । यति मात्र होइन ‘इन्डियन मर्चेट चैंबर’ को युथ विंगको सबैभन्दा कम उमेरको पे्रसिडेन्ट पनि भइसकेका छन् ।

ईशा अम्बानीले रिलायन्स जियोको जिम्मेवारी सम्हालिरहेकी छिन् । उनी रिलायन्सको टेलिकम र रिटेल कम्पनीको डाइरेक्टर हुन् । उनले भाई आकाश अम्बानीसँग मिलेर सन् २०१४ मा जियोको फोर जी सर्भिस लन्च गरेकी थिइन् । यसको अलवा आजियो नामको अनलाइन फेसन रिटेलर ब्रान्ड पनि लन्च गरेकी थिइन् । ईशाले युनिर्भसिटी अफ साइकोलोजी र साउथ एशियन स्टडीजमा ग्य्राजुएसनको डिग्री हाँसिल गरेकी छिन् ।
   

Logo