एजेन्सी । बलिउड अभिनेता टाइगर श्राफ लगातार आफ्नो फिल्म र प्रोजेक्ट्समा लागेका छन् । उनले बलिउड फिल्ममा प्रवेश गरेदेखि नै उनी एक पछि अर्को फिल्म प्रोजेक्टमा व्यस्त भएका छन् ।
आफ्नो बडि, लुक्स, एक्टिङ, एक्सन र खासगरि उनको डान्सको कारणले गर्दा टाइगरको बलिउडमा छुट्टै छवि छ । उनको पछिल्लो फिल्म ‘बागी २’ रहेको थियो । हाल उनी रितिक रोशनसँग एउटा डान्स फिल्ममा अभिनय गर्दैछन् ।
यसबाहेक टाइगर छिटै हलिउड फिल्ममा इन्ट्री गर्ने कुराले भारतीय मिडियामा निकै चर्चा कमाएको छ । उनलाई एक हलिउड फिल्मबाट अफर आएको थियो । उनी त्यस फिल्ममा साइड होइन, लिड रोलमा नजर आउने छन् । हलिउड निर्माता लारेस कैसनाँफले हालै टाइटरसँग भेटेका थिए । उनीहरु हलिउड फिल्म प्रोजेक्टलाई लिएर भेटेका थिए । अहिले उनी रितिक रोसनको फिल्ममा व्यस्त छन् ।































प्रतिक्रिया