काठमाडौं । कमल पोखरीमा रहेको काठमाडौं इन्स्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी (किस्ट) कलेज ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको हो ।
देशैभरका कलेजहरुमा उत्कृष्टभित्र पर्ने कलेज हो, किस्ट । कक्षा ११ र १२ सहित स्नातक र स्नातकोत्तर तहसम्मको अध्यापन हुने यो कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ ।
वैज्ञानिक र व्यवहारिक पठन पद्दती, जीवनोपयोगी शिक्षा, अनुशासित वातावरण यस कलेजको जग हुन् । समयसापेक्ष शिक्षा, रचनात्मक सिकाई यहाँको आफ्नोपन हो ।





























प्रतिक्रिया