काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी पुरुष टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटका लागि क्लाेज क्याम्प सुरु गरेको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने सन् २०२६ को टी-२० विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ टोलीले पूर्ण शक्तिका साथ तयारी सुरु गरेको हो।
यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु
रोहित पौडेल (कप्तान)
कुशल भुर्तेल
अनिल शाह
आसिफ शेख
भिम शार्की
गुलशन झा
रूपेश सिंह
बसिर अहमद
शाहब आलम
युवराज खत्री
किरण ठगुन्ना
दीपेन्द्र सिंह ऐरी
कुशल मल्ल
आरिफ शेख
नन्दन यादव
करण केसी
सोमपाल कामी
रिजान ढकाल
प्रतीश जिसी
ललित नारायण राजवंशी
कमल सिंह ऐरी
सागर ढकाल
सन्दीप लामिछाने
आकाश चन्द
विवेक यादव
एमडी आदिल आलम
पवन सर्राफ
सन्दीप जोरा
शेर मल्ल
शुभ कंसाकार
अर्जुन घर्ती
लोकेश बम
टी-२० एसिया क्वालिफायर्समा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपालसँगै जापान र कुवेत रहेका छन्। नेपालले ८ अक्टोबरमा कुवेतसँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेल १० अक्टोबरमा जापानसँग खेल्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन्, भने आयोजक ओमान समूह ‘सी’ मा पपुवा न्युगिनी र सामोआसँग प्रतिस्पर्धा गर्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्, जुन अक्टोबर १२ देखि १७ सम्मका लागि निर्धारित गरिएको छ।
सुपर सिक्सको अन्त्यमा शीर्ष तीन स्थानमा रहने टोलीहरूले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि छनोट हुनेछन्।





























प्रतिक्रिया