‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८१’ गायिका शाह र संगीतकार मोक्तानलाई प्रदान गरिने

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८१’ गायिका शाह र संगीतकार मोक्तानलाई प्रदान गरिने

केन्द्रबिन्दु
291
Shares

काठमाडाैं । ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०८१’ यस वर्ष वरिष्ठ गायिका चन्द्रकला शाह र वरिष्ठ सङ्गीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरिने भएको छ ।

‘भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ र ‘सिटी एक्सप्रेस मनी ट्रान्सफर’ को संयुक्त प्रस्तुतिमा हरेक वर्ष प्रदान गरिने याे सम्मान शाह र मोक्तानलाई प्रदान गरिने भएको हाे ।

शनिबार एक विशेष समारोहका बीच गायनतर्फ गायिका शाह र सङ्गीततर्फ सङ्गीतकार मोक्तानलाई दोसल्ला, ताम्रपत्र र जनही १/१ लाख रुपैयाँसहित सम्मान गरिनेछ ।

यसैगरी, यस वर्षको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान २०८१’ कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ । उनलाई ताम्रपत्र र २५ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।

भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान नेपाली सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रदान गरिने प्रतिष्ठित सम्मानका रूपमा चिनिन्छ ।

Logo