काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आज असार ३१ गते काठमाडौं महानगरपालिका–७, कुमारीगाल स्थित सर्बोत्कृष्ट श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपाललाई सामग्री हस्तान्तरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयलाई छनोट गरी प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै उक्त सहयोगले डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै, सामुदायिक शैक्षिक अवस्था प्रवर्द्धन गर्ने यस्ता पहलहरुलाई निरन्तरता दिँदै जाओस् भन्ने अपेक्षा व्यक्त गरे ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरताका क्षेत्रमा विभिन्न संघ–संस्थाहरुलाई निरन्तर सहयोग गर्दै सामाजिक उत्तर दायित्व वहन गर्दै आइरहेको छ ।





























प्रतिक्रिया