खानेपानीमन्त्री यादवसँग मुख्यमन्त्री सिंहको भेटवार्ता

खानेपानीमन्त्री यादवसँग मुख्यमन्त्री सिंहको भेटवार्ता

केन्द्रबिन्दु
18
Shares

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटवार्तामा मधेश प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानको लागि संघीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडि बढ्ने सहमति भएको छ ।

संघीय र प्रदेश सरकारका संयन्त्रहरुलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ । संघीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिकतम प्रयोग गरि खानेपानी समस्या समाधान गर्ने र खानेपानीसँग सम्वन्धित ससर्त योजनाहरुलाई तत्काल कार्यान्वयन गरिने गरि काम अगाडि बढाइनेछ ।

जनताले भोगिरहेको खानेपानी संकटका वेला जनताकै साथमा खडा भई दुवै तहका सरकारको अनुभुति हुने गरि काम अगाडी बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ ।

Skip This
Skip This
Logo