न्यायाधीश दीपकराज जोशीले राजीनामा नदिए नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दुई दिनभित्रै महाअभियोग प्रस्ताव दर्ता गर्ने भएको छ ।
नयाँ बानेश्वरको शंकर हलमा नेकपाले बिहीबार महाअभियोग दर्ता प्रयोजनकै लागि सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले कार्यक्षमतामा प्रश्न उठाउँदै जोशीलाई प्रधानन्यायधिसमा अस्वीकृत गरेको थियो । त्यसपछि बिदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र आएसँगै पुनः अदालत आउन थालेका छन् ।
कानुन मन्त्री भानुभक्त ढकालसँगको कुराकानीमा जोशीले एक दुई दिन अदालत गएर राजीनामा दिने प्रतिबद्धता जनाएका थिए । ‘तर उहाँले राजीनामा दिनुभएन,’ नेकपा संसदीय दलका एक पदाधिकारी भन्छन्, ‘अब महाअभियोगको विकल्प देखिएन ।’
जोशीले अदालत फर्किएपछि सरकारका निर्णयलाई चुनौति दिने खतरा देखिएपछि महाअभियोगबाट हटाउन लागिएको हो । महाअभियोग पारित गर्न आवश्यक दुई तिहाई बहुमत सत्ता गठबन्धनसँग सुरक्षित छ ।





























प्रतिक्रिया