गुप्तापछि भूमिमन्त्री अधिकारीले ३२ लाख घुस बुझेको अडियो बाहिरियो

गुप्तापछि भूमिमन्त्री अधिकारीले ३२ लाख घुस बुझेको अडियो बाहिरियो

केन्द्रबिन्दु
69
Shares

काठमाडाैं । नेपालमा पछिल्लो समय जनताबाट अनुमोदित भएर जनता र देशको पक्षमा काम गर्ने सपथ लिँदै मन्त्री पद सम्हालेकाहरु नै धमाधम घुसकाण्डमा मुछिने क्रम बढेको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ७८ लाख घुस डिलको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिन बाध्य भएका थिए । यस काण्डमा अन्य बहालवाला मन्त्री र उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नता रहेको अडियोमा उल्लेख थियो । नभन्दै गुप्ताको राजीनामा आएको २४ घण्टा नबित्दै अर्का बहालवाला भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको छ ।

एमालेका स्थानीय नेतासमेत रहेका सुजन लामासँग मन्त्री क्वार्टरमै भएको घूस लेनदेन र ‘सेटिङ’ सम्बन्धी अडियोमा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको भनिएको छ ।

अडियोमा बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री अधिकारी, सचिव पोखरेललगायतले लिएको घूस, मन्त्री र सचिवको पोखरा भ्रमण व्यवस्थापन र अन्य गरेर डेढ करोड खर्च भएको भनेका छन् । जसमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ भने सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ ।

मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत भूमि व्यवस्थामन्त्री अधिकारीले जेब्राको झोलामा पैसा बुझेको लामाको भनाइ अडियोमा सुनिन्छ ।

Skip This
Skip This
Logo