काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीसँग सत्तासाझेदारी गर्नु कांग्रेसका निम्ति आत्महत्या हुने बताएका छन् ।
केसीले आइतबार सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै भनेका छन् , प्रम ओलीले नेकासँग संयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ । स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेकासँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुनेछ । उनीहरू टुटुन्, फुटुन् वा जुटुन् यो उनकै समस्या हो ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएको भेटघाटमा ओलीले कांग्रेससँग सत्तासाझेदारीको प्रस्ताव राखेपछि नेता केसीको यस्तो प्रतिक्रिया आएको हो ।































प्रतिक्रिया