एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको अभियानबीच आज एकता घोषणा हुँदै

एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको अभियानबीच आज एकता घोषणा हुँदै

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज एकता घोषणा हुँदैछ ।

गत असार २७ गते नै एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका थिए । सोहीलाई औपचारिकता दिन एकीकरण घोषणा हुन लागेको हो ।

एकतापछि गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको छ । पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता वामदेव गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन पुगेका हुन् ।

यसअघि वामदेवले नेकपा एमालेसँग एकता गर्ने भनेर छलफल अघि बढाएका थिए। तर, एमालेले अन्तिममा आएर वास्ता नगरेपछि उनी एकीकृत समाजवादीमा पुगेका हुन् ।

Skip This
Skip This
Logo