रोनाल्डोलाई साउदी प्रो लिगको ‘फ्यान प्लेयर अफ द सिजन अवार्ड’

रोनाल्डोलाई साउदी प्रो लिगको ‘फ्यान प्लेयर अफ द सिजन अवार्ड’

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं । अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले २०२५/२६ को साउदी प्रो लिग सिजनको फ्यान प्लेयर अफ द सिजन अवार्ड जितेका छन्।

४० वर्षीय रोनाल्डोले लिगका ३४ खेलमध्ये १५ पटक म्यान अफ द म्याचको उपाधि जितेका थिए। जुन लिगमा अन्य कुनै पनि खेलाडीभन्दा बढी हो। लिगले सामाजिक सञ्जालमार्फत प्लेयर अफ द सिजन अवार्डको घोषणा गरेको हो।

उनले लिगको सर्वाधिक गोलकर्ताको रूपमा २५ गोलका साथ सिजनको अन्त्य गरे। रोनाल्डोले गोल अफ द सिजन अवार्ड पनि जिते, जसमा उनले कुल भोटको १९ प्रतिशत प्राप्त गरे।

पोर्चुगिज स्ट्राइकरले हालै अल नासरसँग दुई वर्षका लागि आफ्नो सम्झौता थप गरेका छन्। उनले साउदी क्लबका लागि सबै प्रतियोगितामा १०५ खेलमा ९३ गोल र १९ असिस्ट दिएका छन्, तर अझै लिगको उपाधि जित्न सकेका छैनन्। हालै सम्पन्न सिजनमा अल नासर अंक तालिकामा तेस्रो स्थानमा रह्यो, जसले गर्दा उनीहरूले आगामी वर्षको एएफसी च्याम्पियन्स लिग इलिटमा स्थान बनाउन सकेनन् ।

Logo