काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक विशेष कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो। दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सोहीअनुसार आज एकता घोषणा भएको हो।
एकतापछि गौतमले अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता पाएका छन् ।
पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता वामदेव गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन पुगेका हुन् ।





























प्रतिक्रिया