काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडियाको भेलाक्स सिरिज अन्तर्गत तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको छिट्टै सार्वजनिक भएको छ ।
भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यु अर्थात अल्ट्रा पर्फमेन्स र भेलाक्स एच मोडलका यी स्कुटरहरु आगामी साउन २१ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गर्न लागिएको हो ।
७६ भोल्ट ३० एएच एलएफपी ब्याट्री सहितको भेलाक्स फास्ट चार्जिङ स्कुटरले ११० किमी सम्मको रेन्ज दिन्छ। यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमतायुक्त सो स्कुटर द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो।
यस्तै, ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क रहेको भेलाक्स यु पनि एक प्रमुख मोडल हो । यो डुअल ७४ भोल्ट २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमी सम्म रेन्ज प्रदान गर्छ।
भेलाक्स एच याडियामा ७२ भोल्ट ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेन्ज दिन्छ। यसमा ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क छ । ‘एच’ को अर्थ हाई पर्फमेन्स हो ।































प्रतिक्रिया