काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानको काम सशस्त्र प्रहरीको नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा बोल्दै उनले सशस्त्र प्रहरीले खासगरि सीमा क्षेत्र र सुरक्षाका विषयहरु, सीमा अपराधका कुराहरु, विपद्का बेला खोजीकार्य गर्ने, राहत वितरणका कामहरु गर्ने भएको बताए ।
उनले सुरक्षासँग जोडिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैले काम गर्ने गरेको बताएका छन् । लेखकले शान्ति सुरक्षाका क्षेत्रमा शसस्त्रले काम गर्ने तर अनुसन्धान गर्ने काम नेपाल प्रहरीको भएको स्पष्ट पारे ।































प्रतिक्रिया