डिशहोम र ल्यानिज हबसँगको सहकार्यः हाई फ्युचर ग्याजेटहरूमा ५० प्रतिशतसम्म छुटको घोषणा

डिशहोम र ल्यानिज हबसँगको सहकार्यः हाई फ्युचर ग्याजेटहरूमा ५० प्रतिशतसम्म छुटको घोषणा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा जोड्नका लागि ल्यानिज हबसँगको सहकार्यमा विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्पादनहरूमा ५० प्रतिशतसम्मको विशेष छुटको घोषणा गरेको छ।

यस योजनाअन्तर्गत, डिशहोमका सेवाग्राहीहरूले उच्च गुणस्तरका स्मार्ट ग्याजेटहरू आधा मूल्यमा खरिद गर्न सक्नेछन्।

यो विशेष छुटको लाभ लिनका लागि, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३, ६, १२, वा २४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। त्यसपश्चात उनीहरूले ५० प्रतिशतसम्म छुटमा हाई फ्युचरका स्मार्ट ग्याजेटहरू खरिद गर्न पाउनेछन्।

छुटमा उपलब्ध ग्याजेटहरू

सोनिक एयर एयरबडः अब मात्र रु. १,७४९ (बजार खुद्रा मूल्य: रु. ३,४९९)

जोन २ स्मार्टवाचः अब मात्र रु. २,७४९ (बजार खुद्रा मूल्य: रु. ५,४९९)

भोकल स्पिकरः अब मात्र रु. ४,४९९ (बजार खुद्रा मूल्य: रु. ८,९९९)

डिशहोमले आफ्ना ग्राहकहरूको दैनिक जीवनशैलीलाई स्मार्ट र सहज बनाउन इन्टरनेट र टिभी सेवाका अतिरिक्त प्रिमियम एक्सेसरीहरू पनि उपलब्ध गराउँदै आएको छ।

डिशहोमका अनुसार “ल्यानिज हबसँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो।”

यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुनेछ, जसले डिशहोम अनुभवलाई अझ समृद्ध बनाउनेछ। यसका साथै, सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट पाउनको लागि प्रोमो कोड “CHILLFI15” प्रयोग गर्न सकिनेछ। यो अफर आजैदेखि लागू भएको छ र इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइटमार्फत सजिलै यी उत्पादनहरू खरिद गर्न सक्नेछन्।

Logo