एमालेको पोलिटब्युरो बैठक शनिबार पनि जारी, नेताहरूले धारणा राख्दै

एमालेको पोलिटब्युरो बैठक शनिबार पनि जारी, नेताहरूले धारणा राख्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकको दोस्रो दिन शनिबार पनि पार्टी मुख्यालय च्यासलमा जारी छ।

बैठकमा नेताहरूले विधान संशोधन प्रस्तावमाथि धारणा राखिरहेका छन् । एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रियता बढाएपछि ७० उमेर हद र दुई कार्यकालको व्यवस्था मुख्य बहसको विषय बनेको छ। तर, सचिवालय बैठकले यो दुवै व्यवस्था हटाएर केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला गरिसकेको छ।

भण्डारी पक्षीय नेताहरू सचिवालयको निर्णय परिमार्जन गर्न चाहेका छन् भने जस्ताकाे त्यस्तै पारित गर्ने प्रयत्नमा ओली पक्षी नेताहरू छन्।

हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्दर्भमा छलफल भएको थियो । यो बैठक सकिए लगत्तै यही साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दै छ । यो बैठकले विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुँदैछ।

Logo