काठमाडौं

 

प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन हुँदैछ । "/>

विषयगत समितिका सभापति चयनका लागि आज मनोनयन हुँदै

विषयगत समितिका सभापति चयनका लागि आज मनोनयन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

 

प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन हुँदैछ । यसका लागि प्रतिनिधिसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार आज बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (२) बमोजिम एक प्रस्तावक र समर्थक सहित उम्मेदवारी दर्ता गर्न सकिनेछ । प्रतिनिधिसभा सचिवालय सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा मनोनयन हुनेछ । उम्मेदवारको अन्तिम सूची आज बेलुका साँढे ५ बजे प्रकाशित हुनेछ ।

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (४) अनुसार एकल मनोनयनमा परेमा निर्विरोध हुने व्यवस्था छ । एक भन्दा बढी मनोनयन परेमा शुक्रबार बिहान ११ बजे निर्वाचन हुनेछ । निर्वाचन सबै समितिको बैठक कक्षमा हुनेछ । एक भन्दा बढी समितिमा सदस्य रहेका सांसदहरूलाई आफूले मताधिकार प्रयोग गर्ने समितिको जानकारी दिन बिहीबार सम्म समय सचिवालयले दिएको छ । यस्तो जानकारी सभामुखलाई उपलब्ध गराउनु पर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रीहरू विभिन्न समितिमा पदेन रहने व्यवस्था छ । तर मतदानको अवस्था सिर्जना भएमा एउटा मात्र समितिबाट मतदान गर्नु पर्नेछ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo