काठमाडौं


प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार पठाउने विषयमा कुनै निर्णय हुन नसक्दा राज्य, वैदेशिक रोजगार व्यवसायी तथा कामदार स्वयंले करोडौं रुपैयाँ गुमाउनु परेको छ । "/>

मलेसियाको रोजगारी अनिश्चित हुँदा कामदारको करोडौं रूपैयाँ गुम्दै

मलेसियाको रोजगारी अनिश्चित हुँदा कामदारको करोडौं रूपैयाँ गुम्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार पठाउने विषयमा कुनै निर्णय हुन नसक्दा राज्य, वैदेशिक रोजगार व्यवसायी तथा कामदार स्वयंले करोडौं रुपैयाँ गुमाउनु परेको छ । कामदार पठाउने विषयमा नेपाल र मलेसिया सरकारबीच समयमै समझदारी नहुँदा करोडौं रकम गुम्ने अवस्था आएको हो ।

 

मलेसिया जाने कामदार माथि ठगी हुने गरेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ १ गते देखि मलेसिया कामदार पठाउन रोक लगाएको छ । कामदार मलेसिया पठाउने कार्यमा संलग्न बायोम्याट्रिक भिएलएन, माइग्राम लगायतका केही संस्थाले चर्को रकम असुलेर ठगी गरेको भन्दै ती कम्पनी खारेज गर्ने निर्णय गरेको थियो । सरकारले मलेसिया सरकारसँग संझौता गरेर मात्र कामदार पठाउने कार्य सुचारु गर्ने बताउँदै आएको छ ।

सरकारले लगाएको प्रतिबन्धका कारण मलेसियाबाट कलिङ भिसा आइसकेका ९ हजार ३ सय ३४ जनाले खर्चिसकेको रकम गुम्ने अवस्था आएको छ । कलिङ भिसाको म्याद ४ महिना हुन्छ । पठाउन रोकिएको ३ महिना वितिसकेको छ । सरकारले ‘छिटै समस्या समाधान गर्छौ’ भनेको नै २ महिना गुज्रिसकेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङका अनुसार कलिङ भिसाका लागि प्रतिश्रमिक २५ हजार रुपैयाँ खर्च भइसकेको छ । यस हिसावले २३ करोड रुपैयाँ लगानी खेर जानेछ । कलिङ भिसाको म्याद गुज्रिएमा त्यो रकम गुम्नुका साथै ती आवेदकलाई ५ वर्षका लागि मलेसियाले प्रतिबन्ध लगाउनेछ ।

देशभरका करिब १२ सय वैदेशिक रोजगार कम्पनी मध्ये ४ सय कम्पनीको व्यवसाय मलेसिया मात्र सिमित छ । ३ महिना देखि व्यवसायविहीन हुँदा ती कम्पनी पनि टाट पल्टने अवस्था आएको गुरुङ बताउँछन् । ‘कामदार पठाउन नपाउँदा कतिपय कम्पनीले कर्मचारीलाई विदा गरिसकेका छन् भने घरभाडा तिर्न समेत समस्या आएको छ,’ उनले थपे, ‘मलेसियामा व्यवसाय प्रवर्दनका लागि कम्पनीहरुले खर्चेको करोडौ रकम पनि उपलब्धिविहीन भयो ।’
नागरिकबाट

Logo