काठमाडौं
एएफसी यु १६ महिला च्याम्पियनसिप छनोट ग्रुप इ को खेलमा फिलिपिन्स विरुद्ध नेपाल ४–० गोल अन्तरले पराजित भएको छ ।
खराब प्रर्दशनका कारण घरेलु मैदानमै नेपालले बलियो प्रतिश्पर्धि फिलिपिन्सविरुद्ध लज्जास्पद हार बेहोर्नु पर्यो । फिलिपिन्ससँग मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा थियो । फिलिपिन्ससँगको खेल अघि नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले बलियो फिलिपिन्ससँग राम्रो खेल्ने बताएकी थिइन । तर खेल सोचे जस्तो नहुँदा निराशाजनक हार बेहोर्नु परेको हो ।
नेपालले यस छनोटका लागि विगत दुई महिना देखि तयारी गरिरहेको थियो । यू–१६ महिला टोलीले पहिलो पटक फिलिपिन्ससँग खेल खेलेको हो ।





























प्रतिक्रिया