जनकपुर

केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा ) कै नेता संविधान दिवसको विरोधमा उत्रिएका छन् । "/>

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा !

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा !

केन्द्रबिन्दु
0
Shares

जनकपुर

केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा ) कै नेता संविधान दिवसको विरोधमा उत्रिएका छन् ।

जनकपुरमा बुधबार दिउसो राजपाका नेताले संविधान दिवसको विरोध गर्दै नाराबाजी गरेका हुन् । विरोध कार्यक्रममा राजपाको तर्फबाट प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह सहभागी भएका छन् । मन्त्रीकै अगुवाइमा विरोध प्रदर्शन भएको हो ।

यसअघि जनकपुरमै प्रदर्शनमा उत्रिएका सिके राउतका दुई सय बढी कार्यकर्तालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । राउतका कार्यकर्ताका पछिपछि राजपाका नेता तथा कार्यकर्ताले संविधानको विरोध गर्दै जुलुस निकालेका हुन् । तीन वर्ष अघि संविधानसभाबाट बनेको संविधान त्रुटिपूर्ण भन्दै आएको राजपाले केपी ओली नेतृत्वको सरकारलाई संसदमा समर्थन पनि गरेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo