लिङ्देनले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा

लिङ्देनले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट मुक्त भएपछि मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी बन्दै नवराज सुवेदी र सगुन सुन्दर लावतीलाई कारबाही गरेको धारणा राखेपछि गिरी शुक्रबार पदबाट मुक्त भएका थिए।

आयोगमा उपाध्यक्ष गिरीले आफूलाई पुनर्बहालीको माग गरेका छन्। अध्यक्ष लिङ्देनले विधानविपरीत र स्पष्टीकरणको मौका पनि नदिई पदमुक्त गरेको उनको भनाइ छ। गिरीसहित महामन्त्रीहरू धवलशम्शेर राणा, कुन्तिकुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका थिए।

Logo