पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच च्यासलमा भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच च्यासलमा भेटवार्ता

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच च्यासलस्थित पार्टी कार्यालयमा भेटवार्ता भएको छ ।

भण्डारीले यसअघि नै एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सेवा सुविधा पनि त्याग गरेकी छन्। तर, एमालेभित्र भण्डारीलाई सक्रिय राजनीतिमा आउन पार्टी सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहँदा यो अर्थपूर्ण भेटवार्ता भएको हो ।

शनिबार पोलिटब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउने बारेमा आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए ।

Logo