काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। युवतीमाथि बलात्कार गरेको आरोपमा उनी आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् ।
उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको छ । उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दिएका छन्।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म एमालेको कोटाबाट मधेस प्रदेश प्रमुख थिए।































प्रतिक्रिया