हिमालयन चेसमा नयाँ रेकर्ड राख्दै क्षितिज भण्डारीले जिते उपाधि

हिमालयन चेसमा नयाँ रेकर्ड राख्दै क्षितिज भण्डारीले जिते उपाधि

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली चेसमा नयाँ रेकर्ड बनाउँदै आयोजित ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलातर्फको उपाधि क्षितिज भण्डारीले जितेका छन्।

हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा सम्पन्न एकदिने प्रतियोगितामा २४७ खेलाडी सहभागी भए, जुन नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो।

एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार गत वर्ष फिडे स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत भइसकेको छ। यसपटक त्यही अभियानको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रूपमा आयोजना गरिएको हो।

प्रतियोगिताको खुलातर्फ फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले सिएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै १० हजार रुपैयाँ नगद पुरस्कार जिते। उनले ९.५ अंक जोडे। दोस्रो भएका सिलवालले ९ अंकसहित ७ हजार रुपैयाँ प्राप्त गरे। ८.५ अंक जोडेका मुहान नरसिंह श्रेष्ठ तेस्रो हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे।

शीर्ष १० स्थानमा स्थान बनाउने अन्य खेलाडी सन्देश श्रेष्ठ, रुपेश जैसवाल, प्रेमकृष्ण महर्जन, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौलागाईं रहे। यी सबैले जनही १ हजार रुपैयाँ पुरस्कार पाए।

१९ विधामा आयोजित प्रतियोगितामा ६ वर्षदेखि ८४ बर्षसम्मका खेलाडी सहभागि थिए। कुल ६७ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गरे।

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए। बागमती प्रदेशका सभासद शान्ता ढकाल, नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, नेपाल बिलियर्ड स्नूकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, हिमालयन चेस एकेडमीकी संस्थापक मोनालिशा खम्बूलगायतले पुरस्कार वितरण गरेका थिए।

Skip This
Skip This
Logo