सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । ठगी र विश्वासघात कसुरमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौंले उनलाई टोखाबाट पक्राउ गरेको हो । उनीमाथि २२ करोड ठगी गरेको आरोप छ । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्दै आएका थिए । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे ।

Skip This
Skip This
Logo