काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ ।
सोमबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीनरतीन मिनेट बोल्ने समय दिइएको छ ।
तर, बैठकमा राजनीतिक एवं संगठनात्मक कार्यक्रम, मुलुकका समस्या र सम्भावना जस्ता नीतिगत एवं सैद्धान्तिक विषयमा धारणा राख्ने अवसर पाए पनि नेताहरु भने नेतृत्वको एजेन्डामा केन्द्रित रहेको थियो । अधिकांश केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा यही बैठकबाट राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरेका थिए ।





























प्रतिक्रिया