रोहित चन्द होन्डाको टोलीमा

रोहित चन्द होन्डाको टोलीमा

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेपाली फुटबल टोलीका अनुभवी मिडफिल्डर रोहित चन्दले जापानको लिजेन्ड फुटबलर केसुके होन्डाको नेतृत्वमा स्थापना भएको एसिया वारियर्स एफसीमा आबद्ध भएका छन् ।

रोहित अनुबन्द्धित टोली होन्डा र फिलिपिनी फुटबल आइकन एन्टोन डेल रोजारियोको संयुक्त अवधारणामा आधारित टोली हो । यो टोलीले एसियाली फुटबलरहरूलाई एकै ठाउँमा ल्याएर फुटबलमार्फत एकताको सन्देश प्रवाह गर्दै आएको छ । यो टोलीले विशेषगरी सन्यासको नजिक पुगेका वा आफ्नो करियरमा नयाँ अवसर खोजिरहेका एसियाली खेलाडीहरूलाई अनुबन्ध गर्दै आएको छ ।

फिलिपिन्सका एन्टोन डेल रोजारियोको सहकार्यमा यो टोलीले छोटो समयमै अन्तर्राष्ट्रिय ध्यानाकर्षण गरेको छ । टोलीले आफ्नो पहिलो खेलमै इन्डोनेसियाको पर्सिक केदीरीलाई २–० गोलले पराजित गरेको थियो ।

३३ वर्षीय रोहितले भारत, इन्डोनेसिया र माल्दिभ्सका विभिन्न क्लबहरूबाट व्यावसायिक फुटबल खेलिसकेका छन् । उनको अनुभव, नेतृत्व र डिफेन्सिभ मिडफिल्डमा खेल्ने क्षमताले एसिया वारियर्सलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । यसका साथै रोहितको यो अनुबन्धले उनलाई विश्व फुटबलमा ख्यातिप्राप्त खेलाडी होन्डासँगै मैदानमा उभिने अवसर प्रदान गरेको छ ।

एसिया वारियर्स एफसीले आफ्नो दोस्रो खेल यहि साउन ११ गते मलेसियाको घरेलु टोली सेलाङ्गोर एफसीविरुद्ध खेल्ने तयारी छ ।

Logo