काठमाडौं ।
जाडो यामको सुरुवात भइसकेको छ । विशेषगरि जाडो मौसममा हामीलाई विभिन्न समस्याले सताउने गर्दछ । जसमध्येको एक हो कपालको समस्या । कपाल मानव शरीरको महत्वपूर्ण अंग हो । यसले हामीलाई सुन्दर र आकर्षक मात्र देखाउँंदैन छालाको हेरचाह गर्नमा पनि ठूलो भूमिका खेलेको हुन्छ ।
जाडो मौसममा तपाईंले अनुभव गर्नुभएकै होला, जति जति जाडो बढ्दैछ, कपाल उत्तिनै रुखो भएको त्यसैले मौसम अनुसार कपालको हेरचाहमा फेरबदल गर्नु आवश्यक छ ।
जाडो समयमा पर्याप्त कपालको हेरचाह र सरसफाइमा ध्यान दिनुपर्छ । जाडोमा पर्याप्त हेरचाहको कमीले गर्दा कपालमा सुख्खापन आउने, चाया पर्ने, कपाल टुक्रने धेरैले झेल्दै आएको प्रमुख समस्या हो ।
अझ यो मौसममा चिसोबाट जोगिन सामान्यतया स्कार्फ वा टोपी लगाइने गरिन्छ । यसले झन् हाम्रो कपाल बिग्रने गर्दछ । कपाललाई लामो समयसम्म बाँधेर, गुम्साएर राख्नाले कपालमा चिपचिपपन आउने गर्दछ । यसरी आउने चिपचिपपनले चायाँ पार्ने गर्दछ ।
जाडोमा धेरैले चिसोबाट बच्न हिटरको प्रयोग गर्ने गर्छन् । यसले कपालमा भएको कोमलता कम गरिदिन्छ । त्यसैले चिसोमा छालाको सुरक्षामा हामी जुनरुपमा सजग हुन्छौं कपालको सुरक्षामा पनि त्यति नै ध्यान दिनु आवश्यक छ । सामान्यतया कपाल दिनमा १०० वटा झर्नै पर्छ । यदि हामी हप्तामा एक दिन मात्र नुहाउँछौँ भने ७ दिनमा ७०० कपाल झर्नुलाई सामान्य मानिन्छ । तर, यो भन्दा धेरै झरेमा भने राम्रोसँग हेरचाह गर्नुपर्छ ।
चोट पटक लागेर, पोलेर, घाउ खटिरा आएर र फङ्गल इन्फेक्सनबाट कपाल झर्नुलाई स्कारिङ एलोपेसिया भनिन्छ । स्कारिङमा कपाल जरैबाट नष्ट भएको हुन्छ, यस्तोमा कपाल पुनः पलाउने अवस्था हुँदैन । त्यस्तै, नन स्कारिङमा वंशाणुगत कारण मुख्य मानिन्छ । हर्मोनमा आउने परिवर्तनले कपाल झर्ने गर्छ । त्यसैगरी कुनै रोगका कारण पनि कपाल झर्न सक्छ ।





























प्रतिक्रिया