संसद् क्यालेन्डर बनाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

संसद् क्यालेन्डर बनाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रतिनिधिसभाकाे बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएकाे छ ।

संसद भवनस्थित शंकर हलमा आज दिउँसो १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा साउन १५ गतेसम्मको क्यालेन्डर लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । तर, साउन महिनामा कुन दिन के हुने भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन ।

संघीय संसद सचिवालयले दिएको जानकारी अनुसार, बैठकमा संसदको आगामी कार्यसूची, विधेयक प्रस्तुति, र अन्य संसदीय प्रक्रियाबारे छलफल गरिनेछ। यस बैठकले आगामी दिनमा संसद सञ्चालनको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

Logo