सिजी मोटर्सद्वारा एक्सपेङको प्रि–अटो शो अफर सार्वजनिक, ८ लाखसम्मको बचत!

सिजी मोटर्सद्वारा एक्सपेङको प्रि–अटो शो अफर सार्वजनिक, ८ लाखसम्मको बचत!

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो अफर सार्वजनिक गरेको छ।

नेपाली अटोमोबाइल बजारमा नयाँ ऊर्जा ल्याउने अपेक्षासाथ अफर ल्याएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार यो सीमित अवधिको अफरअन्तर्गत ग्राहकहरूले एक्सपेङ इलेक्ट्रिक सवारी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्।

साथसाथै, ६.६४ प्रतिशत मात्र ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति र ७ वर्षसम्मको ऋण अवधिसहित यो अफर हाल नेपालमा उपलब्ध सबैभन्दा आकर्षक ईभी फाइनान्सिङ अफरहरूमध्ये एक हो।

अफरअन्तर्गत ग्राहकहरूले वित्तीय सुविधासँगै १ वर्षको पूर्ण बीमा कभरेज, १ वर्षको सवारी कर, घरमै चार्ज गर्न ६.६ केडब्लु होम चार्जर, यात्रा उपयोगका लागि ३.३ केडब्लु ट्राभल चार्जर, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेकरको भ्याकुम क्लिनर र कार वासर (पोस्ट-पर्चेज केयरका लागि) जस्ता अन्य उच्चस्तरीय लाभहरू पनि प्राप्त गर्नेछन्।

स्टाइलिस डिजाइन, भविष्यमुखी प्रविधिहरू, र सीजी मोटर्सको सेवा प्रतिबद्धतासँग एक्सपेङ एक ईभी क्रान्तिको साहसी कदमको रूपमा अगाडि आएको छ ।

Logo