‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउन व्यस्त छन्’ -प्रभु साह

‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउन व्यस्त छन्’ -प्रभु साह

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले तराईका जनताहरुले सामान्य पानी पनि खान नपाउने अवस्था आएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए ।

उनले भने, ‘तराई मधेशमा खानेपानीको हाहाकार छ । अवस्था काकाकुल छ, पानी पानी भन्दा भन्दै जनताहरु थाकिसकेका छन् । सुन्नेहरुको कान पनि पाकि सकेको छ ,तर सरकारले सुनेको छैन् । म सरकारलाई सोध्न चाहान्छु खाने पानी दिने हो की होइन । खानेपानी दिने हो भने कहिले दिने हो भन्ने कुरा जान्न चाहान्छु । सरकारका मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउनु हुन्छ तर जनताले सामान्य पानी पनि खान पाएको छैन ।’

यस्तै, उनले खानेपानी सँगै मलको जिम्मेवारी पनि सरकारको भएपनि आजसम्म किसानले मल नपाएको बताए ।

Logo