सामसङकाे नयाँ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, कति पर्छ मूल्य ?

सामसङकाे नयाँ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम सिरिजमा नयाँ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक गरेको छ। यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सेरेन ग्रीन रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।

यो फोन दुई भेरियन्टमा उपलब्ध हुनेछ । जस अन्तर्गत ८ जीबी प्लस १२८ जीबी भएको फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी प्लस २५६ जीबी भएको फोनको मूल्य ४१ हजार ९९९ रुपैयाँ रहेको छ ।

गुगलसँगको सर्कल टु सर्च र जेमिनी लाइभ जस्ता फिचरहरू मार्फत, ग्यालेक्सी एम३६ फाइभजीले एआईलाई अझ नजिक ल्याउँछ। चाहे तस्बिर चिन्ने होस् वा एआई असिस्टेन्टसँग लाइभ कुराकानी – सबै काम सहज र इन्ट्युटिभ।

ग्यालेक्सी एम३६ फाइभजीमा रहेको ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्ने कम्पनीको दाबी छ । अगाडि र पछाडि रहेको दुवै क्यामेरामा फोके भिडियो रेकर्डिङ गर्न मिल्नेलगायत सुविधा पनि रहेको बताइएको छ ।

Logo