लक्जरीदेखि पहुँचयोग्यसम्म हुन्डाई ब्राण्डः नेपाली बजारमा यसकारण बन्दैछ ग्राहकको रोजाई

लक्जरीदेखि पहुँचयोग्यसम्म हुन्डाई ब्राण्डः नेपाली बजारमा यसकारण बन्दैछ ग्राहकको रोजाई

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । विश्वबजारमा प्रतिष्ठित कोरियन अटोमोबाइल ब्राण्ड हुन्डाईले नेपालमा समेत आक्रामक व्यापार विस्तार गरेको छ। यस कम्पनीले नयाँपन, उच्च गुणस्तर र किफायती गाडीहरू उत्पादन गर्दै आएको छ।

हुन्डाई गाडीहरूले नेपाली बजारमा समेत आफ्नो उत्कृष्ट पहिचान बनाएको छ। यसलाई आधिकारिक वितरक लक्ष्मी इंक प्रालिले नेपाल भित्र्याएको हो। लक्ष्मी इंकले सन् २००९ फेब्रुअरीदेखि हुन्डाईका गाडीहरू नेपाली बजारमा भित्र्याउँदै आएको छ। करिब १५ वर्षको अवधिमा यस कम्पनीले बलियो बजार हिस्सा ओगटेको छ। लक्ष्मी इंकले नेपालका प्रमुख सहरहरूमा १४ वटा डिलरहरूसहित बिक्री र बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। यसको मुख्य शोरुम काठमाडौंको थापाथलीमा रहेको छ।

साथै इटहरी, पोखरा, भरतपुर, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, वीरगन्ज, विराटनगर, बिर्तामोड, भैरहवा, भक्तपुर र हेटौंडामा पनि यसको डिलरहरू फैलिएको छ। यसले विभिन्न मोडेलका लक्जरीदेखि सुपथ मूल्यका गाडीहरू उपलब्ध छन् ।

यी हुन् नेपालमा उपलब्ध हुन्डाईका मोडेलहरू

हुन्डाईले नेपालमा विभिन्न वर्गका ग्राहकहरूको आवश्यकता पूरा गर्न ह्याचब्याक, सेडान, एसयूभी, र विद्युतीय सवारी (इभी)हरूसहितका विविध मोडेलहरू बिक्री गर्दै आएको छ। ह्याचब्याक श्रेणीअन्तर्गत २ वटा मोडलहरू उपलब्ध गराउँदै आएको छ। जसमा ग्रान्ड आइ १० नियोस र आइ २० छन् ।

सेडान श्रेणीमा औरा र भेर्ना मोडलहरू रहेका छन्, भने एसयूभी श्रेणीमा भेनु, क्रेटा, टक्सन, सान्ता फे र पालिसेड मोडलहरू उपलब्ध छन्। इलेक्ट्रिक गाडीहरूमा कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा इलेक्ट्रिक मोडलहरू उपलब्ध रहेका छन्।

कुन मोडल ग्राहकको रोजाइमा छन् ?

नेपालमा हुन्डाई गाडीहरूको मूल्य मोडेल र भेरियन्ट अनुसार फरक–फरक रहेको छ। नेपालमा ग्राहकहरूको सर्वाधिक रोजाइमा पर्ने मुख्य हुन्डाई मोडेलहरूमा क्रेटा, भेनु, र ग्रान्ड आइ टेन नियोस रहेका छन्। क्रेटा यसको आकर्षक डिजाइन, शक्तिशाली इन्जिन र बहुउपयोगी क्षमताका कारण एसयूभी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने गाडी हो। भेनु कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आफ्नो स्टाइलिश लुक र आधुनिक फिचरका कारण युवा ग्राहकहरूमाझ लोकप्रिय छ।

ग्रान्ड आइ१० नियोस यसको किफायती मूल्य, राम्रो माइलेज र शहरी आवागमनका लागि उपयुक्त साइजका कारण ह्याचब्याक वर्गमा धेरै रुचाइएको छ। इलेक्ट्रिक गाडीहरूमा कोना इलेक्ट्रिक पनि यसको उपयुक्त रेन्ज र वातावरणमैत्री विशेषताका कारण ग्राहकहरूको प्राथमिकतामा पर्ने गरेको छ।

यस्ता छन् विशेषता र मूल्य

हुन्डाई ग्रान्ड आइ१० नियोस

यसको डिजाइन आकर्षक रहेको छ। यो गाडी आकर्षक र युवामुखी डिजाइन, क्यास्केडिङ ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र एलईडी डीआरएलएस (डेटाइम रनिङ लाइट्स) जस्ता विशेषताहरू छन्, जसले यसलाई स्टाइलिश लुक दिन्छ। भित्री भागमा डुअल–टोन इन्टेरियर, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली (एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्टसहित), वायरलेस चार्जिङ (उच्च भेरियन्टमा), रियर एसी भेन्ट, र कूल्ड ग्लोभबक्स जस्ता सुविधाले यात्रालाई सहज र आरामदायी बनाउँछ।

सुरक्षाका लागि यसमा डुअल एयरब्याग, एबीएस विथ ईबीडी, रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामेरा जस्ता आधारभूत तर महत्त्वपूर्ण फिचरहरू उपलब्ध छन्। यो सानो परिवार वा एकल व्यक्तिका लागि उपयुक्त गाडी हो। यसको मूल्य ३२ लाख ९६ हजार रुपैयाँदेखि ४० लाख ९६ हजार रुपैयाँसम्म रहेको छ।

हुन्डाई एक्सटर

हुन्डाई एक्सटर हुन्डाईको माइक्रो–एसयूभी सेग्मेन्टमा एक नयाँ र आकर्षक गाडी हो । यसमा १.२ लिटरको पेट्रोल इन्जिन (११९७ सीसी) जडान गरिएको छ। यसको मुख्य विशेषता भनेको बोल्ड र स्क्वायरिश डिजाइनले यसलाई सडकमा फरक देखाउँछ। भित्री भागमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ८ इन्चको टचस्क्रिन, स्मार्टफोन कनेक्टिभिटी र भ्वाइस कमान्ड जस्ता आधुनिक प्रविधिहरू छन्।

सुरक्षाका लागि, यो सेग्मेन्टमै पहिलो पटक सबै भेरियन्टमा ६ एयरब्याग, ईबीडीसहित एबिएस, टायर प्रेसर मनिटरिङ सिस्टम र रियर पार्किङ क्यामेरा जस्ता फिचरहरू उपलब्ध छन्। यसमा इलेक्ट्रिक सनरूफ र ड्याशक्याम जस्ता अतिरिक्त सुविधाहरू पनि छन् । जसले यसलाई थप आकर्षक बनाउँछ। कम्प्याक्ट एसयूभी खोज्ने र नयाँ प्रविधिमा रुचि राख्ने ग्राहकहरूका लागि यो एक राम्रो विकल्प हो। यसको मूल्य ३६ लाख ९६ हजारदेखि ४६ लाखदेखि ९६ हजार रुपैयाँसम्म रहेको छ।

हुन्डाई भेन्यू

हुन्डाई भेन्यू एक कम्प्याक्ट एसयूभी हो, जुन शहरी र हल्का अफ–रोड दुवैका लागि उपयुक्त मानिन्छ। हालै लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै भेन्यू ई भेरियन्टको उत्पादन सुरु गरेपछि यसको उपलब्धता र पहुँच अझ बढेको छ।

यो १.२ लिटर पेट्रोल (म्यानुअल) र १.० लिटर टर्बो पेट्रोल (डीसीटी अटोमेटिक) इन्जिन विकल्पमा उपलब्ध छ। यसको बोल्ड र मस्कुलर डिजाइन, क्रोम ग्रिल, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्प्लिट हेडल्याम्पले यसलाई आकर्षक बनाएको छ। भित्री भागमा ८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली (हुन्डाई ब्लूलिङ्क कनेक्टेड कार प्रविधिसहित), इलेक्ट्रिक सनरूफ, एयर प्युरिफायर र कूल्ड ग्लोभबक्स जस्ता फिचरहरू पाइन्छन्। सुरक्षाका लागि यसमा ६ एयरब्याग, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम), हिल–स्टार्ट असिस्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, र रियर पार्किङ क्यामेरा जस्ता उन्नत सुविधाहरू छन्। यसको मूल्य ४१ लाख ९६ हजार रुपैयाँदेखि ५९ लाख ९६ हजार रुपैयाँसम्म पर्छ।

हुन्डाई क्रेटा

हुन्डाई क्रेटा नेपालमा हुन्डाईको सबैभन्दा लोकप्रिय र सर्वाधिक बिक्री हुने एसयूभी मोडेल हो। यसको सुरुवाती मूल्य ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने ८७ लाख ९६ हजार रुपैयाँसम्म पर्छ। नेपालमै निर्मित मोडलको ७९ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । यसमा १.५ लिटरको पेट्रोल इन्जिन (१४९७ सीसी) जडान गरिएको छ । जसको माइलेज करिब १५.८ किलोमिटर प्रतिलिटर छ। ’अल्टिमेट एसयूभी’ को रूपमा चिनिने क्रेटाको डिजाइन आकर्षक र एज्जी छ । जसमा नयाँ प्यारामीट्रिक ज्वेल ग्रिल र स्प्लिट एलइडी हेडल्याम्पहरूले यसलाई बोल्ड लुक दिन्छ।

भित्री भागमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट, र बोस प्रिमियम साउन्ड सिस्टम जस्ता प्रिमियम फिचरहरू उपलब्ध छन्। सुरक्षाका लागि एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम लेभल २ फिचरहरू (जस्तैः एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट), ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, र टिपीएमएस जस्ता सुविधाहरूले यसलाई सुरक्षित बनाउँछन्। यो परिवारका लागि र प्रिमियम एसयूभीको अनुभव खोज्ने ग्राहकहरूका लागि उत्तम विकल्प हो।

हुन्डाई सान्ता फे

हुन्डाई सान्ता फे एक ठूलो र प्रिमियम एसयूभी हो। यसमा २.५ लिटर पेट्रोल इन्जिन (२४९७ सीसी) प्रयोग गरिएको छ। ठूलो परिवार र प्रिमियम अनुभव खोज्ने ग्राहकहरूको उत्कृष्ट रोजाइमा अरहेको यसको डिजाइन बलियो र आकर्षक छ। नयाँ एच आकारको डीआरएलस र टेलल्याम्पहरूले यसलाई फरक देखाउँछ। भित्री भागमा ७ सिट क्षमता, प्रिमियम लेदर सिट, १०.२५ इन्चको इन्फोटेनमेन्ट, हेड–अप डिस्प्ले, वायरलेस फोन चार्जर, र वन–टच फोल्डिङ सिट जस्ता सुविधाहरू छन्।

यसले परिवारका लागि प्रशस्त ठाउँ र लामो यात्रामा पनि आरामदायी अनुभव प्रदान गर्छ। सुरक्षाका लागि यसमा एडभान्स्ड सुरक्षा फिचरहरू, मल्टीपल एयरब्याग र उत्कृष्ट बिल्ड क्वालिटी पाइन्छ। फोर–ह्वील ड्राइभ विकल्पले यसलाई विभिन्न सडक अवस्थाका लागि उपयुक्त बनाउँछ। यसको मूल्य १ करोड ८९ लाख ९६ हजार रुपैयाँदेखि माथि रहेको छ।

हुन्डाई टुक्सन

हुन्डाई टुक्सन एक मिड–साइज एसयूभी हो। यो १.६ लिटर टर्बो पेट्रोल, २.० लिटर पेट्रोल, र २.० लिटर डिजेल इन्जिन विकल्पमा उपलब्ध छ। यसको डिजाइन अत्याधुनिक र भविष्यमुखी छ, जसमा ‘प्यारामीट्रिक ज्वेलरी’ डिजाइन र हिडन डीआरएलएसजस्ता अनौठा विशेषताहरू छन्।

भित्री भागमा डुअल १०.२५ इन्च डिस्प्ले (इन्फोटेनमेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर), फोर–स्पोक स्टेरिङ ह्वील, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट र एम्बियन्ट लाइटिङ जस्ता प्रिमियम फिचरहरू छन्। सुरक्षाका लागि एडभान्स ड्राइभर एसिस्टेन्ट सिस्टम्स फिचरहरू, ७ एयरब्याग, ३६० डिग्री क्यामेरा, र अटो–होल्ड पार्किङ ब्रेकले यसलाई निकै सुरक्षित बनाउँछ।

उत्कृष्ट ड्राइभिङ अनुभवका लागि यसमा सहज सस्पेन्सन र प्रशस्त क्याबिन स्पेस पनि उपलब्ध छ। प्रिमियम र स्पोर्टी एसयूभी खोज्ने, नयाँ प्रविधि र डिजाइनमा रुचि राख्ने ग्राहकहरूका लागि यो एक उत्कृष्ट विकल्प हो। जसको मूल्य १ करोड ७ लाख ९६ हजारदेखि १ करोड ६२ लाख ९६ हजार रुपैयाँसम्म पर्छ।

हुन्डाई पालिसेड

हुन्डाई पालिसेड हुन्डाईको सबैभन्दा ठूलो र लक्जरी एसयूभी हो । नेपालमा यो २.२ लिटर डिजेल इन्जिन (२१९९ सीसी) मा उपलब्ध छ। यसको डिजाइन भव्य र बोल्ड छ, जसमा ठूलो क्रोम ग्रिल र एलइडी हेडल्याम्पहरूले यसलाई एक विशिष्ट उपस्थिति दिन्छ। भित्री भागमा ७ वा ८ सिटको व्यवस्था, उच्च गुणस्तरको लेदर अपहोल्स्ट्री, डुअल–प्यानल सनरूफ, पावर–फोल्डिङ दोस्रो र तेस्रो सिट, भेन्टिलेटेड फ्रन्ट सिट, र क्याप्टेन सिट (दोस्रो लहरमा) जस्ता लक्जरी फिचरहरू छन्।

प्रविधिको कुरा गर्दा, यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, हारमन कार्डन प्रिमियम साउन्ड सिस्टम र हेड–अप डिस्प्ले जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन्। पालिसेडले उत्कृष्ट आराम, ध्वनि–रहित क्याबिन अनुभव र बलियो प्रदर्शन प्रदान गर्छ, जसले यसलाई उच्चतम आराम र प्रविधि चाहने ग्राहकहरूका लागि उपयुक्त बनाउँछ। जसको मूल्य २ करोड ३५ लाख ९६ हजारदेखि माथि पर्छ।

हुन्डाई कोना इलेक्ट्रिक

हुन्डाई कोना इलेक्ट्रिक नेपालमा लोकप्रिय इलेक्ट्रिक एसयूभीहरू मध्ये एक हो । यो ३९.२ किलोवाट वा ६४ किलोवाट लिथियम–आयन पोलिमर ब्याट्री विकल्पमा उपलब्ध छ, जसले ३९.२ किलोवाट ब्याट्रीमा करिब ३०५ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसलाई ११ किलोवाट एसी चार्जरबाट ६ घन्टामा पूर्ण चार्ज गर्न सकिन्छ भने, १०० किलोवाट डाइरेक्ट करेन्ट फास्ट चार्जरबाट ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

यसको डिजाइन आकर्षक र कम्प्याक्ट छ। भित्री भागमा ८ इन्चको फ्लोटिङ टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टफोन कनेक्टिभिटी, वायरलेस चार्जर, र विभिन्न ड्राइभिङ मोडहरू छन्। सुरक्षाका लागि ६ एयरब्याग, टायर प्रेसर निगरानी प्रणाली र पार्किङ सेन्सर जस्ता फिचरहरू छन्। यसले शान्त, सहज र तत्काल टर्कसहितको इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्छ, जुन शहरी आवागमन र दैनिक प्रयोगका लागि उपयुक्त छ। जसको मूल्य ५९ लाख ९६ हजार देखि ६४ लाख ९६ हजार रुपैयाँसम्म पर्छ।

हुन्डाई आयोनिक ५

हुन्डाई आयोनिक ५ हुन्डाईको अत्याधुनिक र प्रिमियम इलेक्ट्रिक गाडी हो, जसको मूल्य १ करोड २ लाख ९६ रुपैयाँदेखि माथि पर्छ। यसमा ५८ किलोवाट आवर लिथियम–आयन ब्याट्री जडान गरिएको छ, जसले करिब ३७५ किलोमिटरसम्मको रेन्ज दिन्छ। ३५० किलोवाट डाइरेक्ट करेन्ट फास्ट चार्जरबाट यसलाई १० देखि ८०% चार्ज गर्न ५४ मिनेट मात्र लाग्छ। यसको डिजाइन रेट्रो–फ्युचरिस्टिक छ जसमा प्यारामीट्रिक पिक्सेल लाइटिङले यसलाई विशेष लुक दिन्छ।

भित्री भागमा इको–फ्रेन्डली सामग्री प्रयोग गरिएको छ, साथै १२.३ इन्चको डुअल डिस्प्ले (इन्फोटेनमेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर), स्लाइडिङ सेन्टर कन्सोल, भेन्टिलेटेड सिट, र प्यानोरामिक भिजन रुफ जस्ता फिचरहरूले यसलाई लक्जरी अनुभव दिन्छ। यसको सबैभन्दा अनौठो विशेषता भनेको भेहिकल–टु–लोड (फंक्शन हो, जसले गाडीको ब्याट्रीबाट बाहिरी विद्युतीय उपकरणहरू (जस्तै ल्यापटप, क्याम्पिङ उपकरण) चलाउन वा चार्ज गर्न सकिन्छ। यो लक्जरी इलेक्ट्रिक गाडी र अत्याधुनिक प्रविधिमा विश्वास गर्ने ग्राहकहरूका लागि उत्तम विकल्प हो।

हुन्डाई क्रेटा इलेक्ट्रिक

हुन्डाई क्रेटा इलेक्ट्रिक लोकप्रिय क्रेता एसयूभीको इलेक्ट्रिक भर्सन हो, जसको मूल्य रु. ५१ लाख ९६ हजारदेखि ७५ लाख ९६ हजारसम्म पर्छ। यसमा ४२ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा करिब ३९० किलोमिटरको रेन्ज दिन्छ। ११ किलोवाट एसी चार्जरबाट यसलाई करिब ४ घन्टामा पूर्ण चार्ज गर्न सकिन्छ। यसको डिजाइन आसीई क्रेटाकै जस्तो आकर्षक छ, तर इभी विशिष्ट अपडेटहरू जस्तै बन्द फ्रन्ट ग्रिल र एयरोडाइनामिक एलोय ह्वीलहरू यसमा पाइन्छन्।

२०० मिमीको उच्च ग्राउन्ड क्लियरेन्सले यसलाई हल्का अफ–रोडका लागि पनि उपयुक्त बनाउँछ। सुरक्षाका लागि एडभान्स ड्राइभर एसिस्टेन्ट सिस्टम्स ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, र टायर प्रेसर मनिटरिङ सिस्टम जस्ता फिचरहरू समावेश छन्। यो विश्वसनीय र फिचर–रिच इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकहरूका लागि उत्तम विकल्प हो, जसले क्रेटाको आसीई भर्सनलाई मन पराउँछन्।

समग्रमा, हुन्डाईले नेपालमा आफ्नो गुणस्तरीय गाडीहरू, आकर्षक डिजाइन, आधुनिक प्रविधि, र विश्वसनीय बिक्रीपछिको सेवाका माध्यमबाट बलियो स्थान बनाएको छ। यसले ग्राहकहरूको आवश्यकतालाई मनन् गरेर विभिन्न विकल्पहरू प्रदान गर्दै अटोमोबाइल बजारमा आफ्नो नेतृत्व कायम राखेको छ।

Skip This
Skip This
Logo