निजामती सेवा विधेयकमा भएकाे त्रुटिमा गठित छानबिन समितिलाई ७ दिन म्याद थप

निजामती सेवा विधेयकमा भएकाे त्रुटिमा गठित छानबिन समितिलाई ७ दिन म्याद थप

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई ७ दिन म्याद थप गर्ने घोषणा गरेको छ ।

शुक्रबार बसेको बैठकले उक्त म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

उनले भने, ‘संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिबाट ७ दिनको कार्यावधि थप गर्न माग भई आएकोले उक्त समितिको समयावधि ७ दिन थप गर्न सभाको सहमतीको लागि प्रस्ताव गर्दछु । म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा गर्दछु ।’

Logo