मस्कको नवीनतम पहलः दृष्टि गुमाएका मानिसहरूकाे दृष्टि फर्काउने प्रविधि विकास गर्दै

मस्कको नवीनतम पहलः दृष्टि गुमाएका मानिसहरूकाे दृष्टि फर्काउने प्रविधि विकास गर्दै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । विश्वकै धनाढ्य व्यक्ति एलोन मस्कले आफ्नो ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई) कम्पनी न्यूरालिंकको नवीनतम प्रगतिबारे खुलासा गरेका छन्।

मस्कले न्यूरालिंकले आगामी ६ देखि १२ महिनाभित्र दृष्टिविहीन व्यक्तिहरूलाई दृष्टि अनुभव गराउने इम्प्लान्ट विकास गर्ने बताएका हुन् । यो प्रविधिले मस्तिष्कको भिजुअल कोर्टेक्समा सिधै संकेतहरू पठाएर दृष्टि पुनर्स्थापना गर्ने लक्ष्य राखेको छ।

न्यूरालिंकले चार वर्षअघि “मन्की माइन्डपोंग” प्रदर्शनमार्फत विश्वलाई चकित पारेको थियो, जहाँ एउटा मकाक बाँदरले आफ्नो विचारबाट भिडियो गेम नियन्त्रण गरेको थियो। त्यसयता, कम्पनीले मानव परीक्षणका लागि दुई वर्षअघि अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट स्वीकृति प्राप्त गरेको छ। मस्कका अनुसार, न्यूरालिंकको हालको लक्ष्य दृष्टिविहीन व्यक्तिहरूलाई दृष्टि अनुभव गराउनुका साथै पक्षाघात भएकाहरूलाई कार्यक्षमता पुनर्स्थापित गर्नु हो।

मस्कले भने, “एक बाँदरमा तीन वर्षदेखि भिजुअल इम्प्लान्ट छ, र यो प्रविधिले कम रिजोल्युसनमा सुरु भए पनि भविष्यमा उच्च रिजोल्युसन र मल्टी-स्पेक्ट्रल दृष्टि प्रदान गर्न सक्छ।” यो प्रविधिले प्रयोगकर्ताहरूलाई अल्ट्राभायोलेट र इन्फ्रारेड जस्ता विशेष तरंगहरू देख्ने क्षमता पनि दिन सक्ने उनको दाबी छ।

Skip This
Skip This
Logo