जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता छ -सभापति सिंह

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता छ -सभापति सिंह

केन्द्रबिन्दु
24
Shares

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रतिनिधि सभा क्षेत्र नं. २ ‘क’ अन्तर्गतको क्षेत्रीय अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।

पूर्वाधार विकास समिति सभापति एवं प्रतिनिधि सभा सांसद दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सिंहले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले वर्तमान शासन प्रणालीले जनताको प्रत्यक्ष भावना र इच्छालाई सम्बोधन गर्न नसकेको भन्दै अबको राजनीतिक मार्गदर्शन प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख प्रणालीबाट मात्र सम्भव हुने उल्लेख गरे।

अधिवेशनमा विभिन्न तहका नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

Logo