सभामुख घिमिरे जेनेभा प्रस्थान

सभामुख घिमिरे जेनेभा प्रस्थान

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्र संघ द्वारा संयुक्त रूपमा आयोजित संसदका सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी हुन आज साँझ कतार एअरवेजको उडानबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनकाे प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि छन् ।

जेनेभामा साउन १४ गतेदेखि १७ गतेसम्म आयोजना हुने यस सम्मेलनमा सभामुख घिमिरेले ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ नामक विषयमा मन्तव्य प्रस्तुत गर्नेछन् ।

सम्मेलनका दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्वीट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसदका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ । यसका अतिरिक्त, उनी जुलाई २९ मा स्वीट्जरल्याण्डको संसदले आयोजना गर्ने रात्रिभोजमा समेत सहभागी हुनेछन् ।

Logo