स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्डले जित्यो युरो २०२५ को उपाधि

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्डले जित्यो युरो २०२५ को उपाधि

केन्द्रबिन्दु
201
Shares

काठमाडौं । इंग्ल्याण्डले युरो २०२५ को उपाधि रक्षा गर्दै इतिहास रचेको छ। आइतबार राति भएकाे स्पेनविरुद्धको फाइनल खेलमा पेनाल्टी सुटआउटमा शानदार जित हासिल गर्दै इंग्ल्याण्डले लगातार दोस्रो पटक युरोपियन च्याम्पियन बन्ने अवसर पाएकाे हाे ।

युरो २०२२ को फाइनलमा वेम्बलीमा विजयी गोल गरेकी च्लोई केली यसपटक पनि हिरो बनिन्। स्पेनले लगातार तीन पेनाल्टी मिस गरेपछि र इंग्ल्याण्डकी गोलकिपर हन्ना ह्याम्पटनले दुईवटा बचाएपछि केलीले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै जित सुनिश्चित गरिन्।

यो कुनै पनि इंग्ल्याण्डको टोलीले विदेशी भूमिमा प्रमुख उपाधि जितेको पहिलो पटक हो।

मारियोना काल्डेन्टेको पहिलो हाफको हेडरले स्पेनलाई अग्रता दिलाएको थियो तर सब्सटिच्युटको रूपमा मैदान प्रवेश गरेकी केलीको आगमनले खेलमा परिवर्तन ल्यायो। केलीको क्रसलाई एलेसिया रुसोले हेडमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएकी थिइन् ।

Logo