बोलबम नुहाउने क्रममा सुन्दरीजलमा फसेका पाँच जनाको सकुशल उद्धार

बोलबम नुहाउने क्रममा सुन्दरीजलमा फसेका पाँच जनाको सकुशल उद्धार

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । सुन्दरीजलमा बोलबम नुहाउने क्रममा बाढीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

बिहान करिब २ः३० बजेको समयमा सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक एकासी खोला बढेपछि फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीलाई नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका सबै व्यक्तिहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

Logo